राजनीति

भब्य रुपमा विपी जयन्ती मनाउन तरुण दल अध्यक्ष गुरुङको ७७ वटै जिल्लालाई निर्देशन

१७ भदौ, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष बिद्वान गुरुङले ७७ वटै जिल्ला तरुण दललाई परिपत्र गरेका छन् ।
जिल्लालाई परिपत्र गर्दै अध्यक्ष गुरुङले २०७९ साल भदौ २४ गतेका दिन महामानव विपी कोइरालाको १०९ औँ जन्म जयन्ती परेको स्मरण गराउँदै उक्त जन्म जयन्ती आगामी २०७९ साल मंसिर ४ गते हुने प्रदेश सभा र संघीय संसदको निर्वाचनलाई समेत ध्यानमा राखी विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरु (विचार गोष्ठी, सभा, सम्मेलन, अन्तरक्रिया, सरसफाई, रक्तदान, फलफुल वितरण आदि) गरी मनाउने नेपाल तरुण दल केन्द्रीय समितिको निर्णय भएकोले सोही बमोजिम गर्न/गराउन दलका सबै जिल्ला समितिहरुलाई भनेका छन् ।
अध्यक्ष गुरुङको परिपत्र

मितिः २०७९र०५र२१
श्री अध्यक्ष जी,
नेपाल तरुण दल
सबै जिल्ला समितिहरु ।
विषय स् परिपत्र
प्रस्तुत विषयमा २०७९ साल भदौ २४ गतेका दिन महामानव वि.पी. कोइरालाको १०९ औँ जन्म जयन्ती परेको स्मरण गराउँदै उक्त जन्म जयन्ती आगामी २०७९ साल मंसिर ४ गते हुने प्रदेश सभा र संघीय संसदको निर्वाचनलाई समेत ध्यानमा राखी विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरु (विचार गोष्ठी, सभा, सम्मेलन, अन्तरक्रिया, सरसफाई, रक्तदान, फलफुल वितरण आदि) गरी मनाउने नेपाल तरुण दल केन्द्रीय समितिको निर्णय भएकोले सोही बमोजिम गर्न÷गराउन दलका सबै जिल्ला समितिहरुलाई यो परिपत्र गरिएको छ । साथै दलका जिल्ला समितिहरुले आफ्नो जिल्लामा गरिएका कार्यक्रमहरुको जानकारी प्रतिवेदनको रुपमा केन्द्रीय कार्यालयमा पठाउनुहोला ।
जय नेपाल ।
विद्वान गुरुङ
अध्यक्ष