समाचार

विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

३१ भदौ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालले प्रस्तुत गरेको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव  बहुमतले स्वीकृत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।