१६ असोज, काठमाण्डौ । मानवअधिकार तथा शान्ति समाजको २५औँ स्थापना दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौँ शाखाले प्रकाशन गरेको शान्ति सन्देश स्मारिका विमोचन गरिएको छ ।
अहिंसा दिवसका अवसर पारेर आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले संसारभर आर्थिक मन्दी बढ्नुलाई खतराको सङ्केतका रूपमा लिनुपर्ने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुँयाल, प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका पूर्व नगर उपप्रमुख बिन्दु पुडासैनी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाज काठमाडौँ शाखाका पूर्व सभापति कोमल लामिछाने, इष्टपोल माविका प्रधानाध्यापक राजेश राई, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामा तथा शान्ति समाजका केन्द्रीय सदस्य किरण ढकाल, समाजका जिल्ला सभापति भगवान पुडासैनीलगायतले समाजले शान्ति एवं मानवअधिकारका क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।





