२२ असोज, काठमाडौं । राष्ट्रपति बिद्यादेवी शिक्षण अस्पताल महाराजगंज भर्ना भएकी छिन् ।
केहीदिनदेखी ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारीलाई आज केहीबेर अगाडी शिक्षण अस्पतालको एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको समाचार छ ।
राष्ट्रपति भण्डारीले नेकपा एमालेकी अध्यक्ष केपी शर्मा ओली लगायतलाई राष्ट्रपति दशमी टीका लगाएकी थिईन् ।
राष्ट्रपति भण्डारीलाई डेंगु भएको बताईएको छ । देशभर ब्याप्त भएको डेंगुले नेपालमा सबैभन्दा ठूलो ओहदामा बस्ने राष्ट्रपतिलाई पनि छाडेन ।





