समाचार

डा भट्टराई र नारायणकाजीसहित अध्यक्ष दहाल उम्मेद्वारी दर्ताका लागि हिँडे गारेखा

२३ असोज, काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल नारायणकाजी श्रेष्ठ र डा बाबुराम भट्टराईसहितलाई लिएर गोरखामा उम्मेद्वारी दिन हिँडेका छन् ।
चितवन ३ बाट निर्बाचन लड्न अन्तिम तयारीमा लागेका अध्यक्ष दहालले डा बाबुराम भट्टराईले समानुपातिकबाट नाम समाबेस गर्दै गोरखा छाडेपछि अहिले गोरखाबाट डा बाबुरामको क्षेत्रमा उम्मेद्वारी दिन लागेका हुन् ।
पछिल्लो समय डा भट्टराईको अध्यक्ष दहालसँग हिमचिम बढेकोमात्र छैन डा भट्टराई अध्यक्ष दहाललाई बिजय गराउन जीउज्यान दिएर लाग्ने बताउँदै आएका छन् ।
आज अध्यक्ष दहालसँग गोरखा उम्मेद्वारी दिन जाने फोटो डा भट्टराईले सार्बजनिक गरेपछि उक्त कुरा पुष्टी भएको छ । ानेपाली कँँग्रेसलगायतका सत्ताघटक दलहरुको समर्थनमा अध्यक्ष दहालको आज उम्मेद्वारी हुनेछ ।