समाचार

बुधबार १ बजेसम्म बागी उम्मेद्वारी फिर्ता लिन काँग्रेसको चेतावनी, नलिए कारबाही हुने

२५ असोज, काठमाडौं । नेपाली काँग्रेसबाट बागी उम्मेद्वार बनेकाहरुलाई उम्मेद्वारी फिर्ता लिई पार्टीका आधिकारीक उम्मेद्वारहरुलाई बिजय गराउन लागि पर्न निर्देशन दिएको छ ।
काँग्रेस मुख्यसचिव कृष्णचन्द्र पौडेलले एक बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘तोकिएको समय सिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुने’ बताएका छन् ।

उनले भनेका छन्, ‘‘२०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलहरु बीच सहमती भइ बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठवन्धन दल बीच सहमती भई बनेका गठबन्धन दलका आधिकारीक उम्मेदवार विरुद्ध पार्टीका कुनै सदस्यले वागी उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (२०७९ असोज २६ गते बिहान १० बजे देखि दिउसो १ बजे सम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सक्रिय भुमिका निर्वाह गर्नहुन निर्णयानुसार निर्देशन गरिन्छ ।

तोकिएको समय सिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुने ब्यहोरा निर्णयानुसार जानकारी गराईन्छ ।’’