अन्तर्राष्ट्रिय

रुसद्वारा युक्रेनको प्रतिआक्रमणपछि खार्किभ क्षेत्रमा पहिलो सफलता हासिल

१ कात्तिक, मस्को । रुसी सेनाले मङ्गलबार युक्रेनको पूर्वी खार्किभ क्षेत्र फिर्ता लिएको बताएको छ ।

उक्त क्षेत्र मस्कोको सेनालाई व्यापक जवाफी कारबाहीमा पछाडि धकेलिएको क्षेत्र हो । अहिले रुसले त्यस क्षेत्रमा पुनः कब्जा जमाएको बताइएको छ।
“रुसी सेनाका एकाइहरूले कारबाहीका क्रममा खार्किभ क्षेत्रको गोरोबिभका गाउँ कब्जा गरेको,” रक्षा मन्त्रालयले दाबी गरेको छ।