८ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीका प्रेश सल्लाहकार गोबिन्द परियारलाई निर्बाचन आयोगले समानुपातिक सूचीबाट हटाएको छ ।
प्रधानमन्त्रीका प्रेश सल्लाहकारबाट राजीनामा नदिई प्रतिनिधि सभा दलित कोटाबाट समानुपातिकमा बसेका परियारलाई निर्बाचन आयोगले लाभको पदमा बसेको भन्दै हटाएको हो ।
आज निर्बाचन ओयोगले १११ औं नम्बरमा हटाएकाहरुको नाम राख्दा परियारको नाम पनि राखेको छ ।
कविता नेपालीले निर्बाचन आयोगमा दिएको निबेदनअनुसार अनुसंधान गर्दा त्यहीअनुसार परिवार सूचीबाट हटे । निर्बाचन आयोगले बिभिन्न ५५० जनालाई समानुपातिकको बन्द सूचीबाट हटाएको छ । परियार सम्भभतः अब साँसद हुनबाट बञ्चित भएका छन् ।





