समाचार

सञ्चारमन्त्री कार्कीबाट भाइटीका ग्रहण

१० कात्रिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन्।

सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गरेका हुन् । सञ्चारमन्त्री कार्कीसहित तीन दाजुभाइले टीका ग्रहण गर्नुभएको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिए ।

उनका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइ देवेन्द्र कार्की र डा मृगेन्द्र कार्कीले पनि टीका ग्रहण गरेका हुन् ।

    टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर आदरभाव प्रस्तुत गरे । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे ।