१० पौस, नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले एक्लो बहुमत कसैको पनि नभएक कारण गठबन्धन मिलेर जानुको बिकल्प नभएको बताएका छन् ।
नेता शर्माले सामाजिक सञ्जालमा लेख्दै गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ, त्यसैले लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गरौं भनेका छन् ।
उनले काँग्रेसले र माओबादी केन्द्रले दुई दुई बर्ष अनि नेकपा एकीकृत समाजबादीले बाँकी एक बर्ष सरकारको नेतृत्व गर्नुपर्ने बिचार राखेका छन् ।
पछिल्लो समयमा काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै दाबी गर्दै आईरहेको छ भने माओबादी केन्द्रले प्रधानमन्त्रीमा दाबी छाडेको छैन ।
गठबन्धनका नेताहरुबीच वान टु वान छलफल भईरहेको भएपनि सहमती बन्न सकेको छैन । उनले रबि लामिछानेको रास्वपालाई पनि संगै लिएर सरकार निर्माण गर्नुपर्ने बिचार राखेका समाचारहरु पनि आईरहेका छन् । महामन्त्री शर्माले सबै मिलेर अगाडी बढ्नुको बिकल्प नभएको बिचार प्रश्तुत गरेका छन् ।
नेता शर्माको ट्वीटः ‘एक्लो बहुमत’ हामी कसैसँग छैन । गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ । त्यसैले लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गरौं
२-२-१ मा परिपक्वता छ । तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ ।






