१३ पुस, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला पक्षको बैठक बालुवाटारस्थीत सम्पर्क कार्यालयमा बस्ने भएको छ ।
पार्टीको बोलाईएको केन्द्रीय समिति बैठक र आगामी खेल्नुपर्ने भूमिका लगायतका बिषयमा आफ्नो पक्षको सशक्त आवाज उठाउन रणनीति तयार गर्ने उद्यदेश्यले बैठाक डाकिएको एक नेताले सुर्यखबरलाई बताए ।
काँग्रेस मंसिर ४ गतेको आम निर्बाचनमा सबैभन्दा ठूलो दल भएपनि सरकारको नेतृतव गर्न चुकेको अवस्थामा बस्न लागेको केन्द्रीय समिति बैठक पार्टीका लागि महत्वपूर्णमात्र छैन बरिष्ठ नेता डा कोईराला पक्षका लागि देउवाको आलोचना गर्ने रणनीतिक थलोसमेत बन्न सक्छ ।





