समाचार

सुनलगायत दशौं लाख पक्राउ गरी ब्यापारीसँग कमिशन अशुल्न खोज्ने डीएसपीलाई रबिले गरे निलम्बन

१४ पौस, काठमाडौं ।

गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ठगबहादुर केसीलाई निलम्बन गरेको छ ।

सुरुमा ब्यूरोले बुटबलका खिलेन्द्र सिंह जिसीलाई एक रिसोर्टबाट रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

उनीमाथि गरिएको अनुसन्धानका क्रममा उक्त घटनामा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो । उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

सिआइबीको टोलीले सोही दिन नै बरामद भएको रकम, सुन जस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो । प्रहरीले उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।


केसीलाई पक्राउ गरेपनि तत्काल नै कारबाहीका लागि माथील्लो निकायमा सिफारिस गरिएको र गृहमन्त्रालयमा आउँदा तत्काल कारबाही भएको गृहस्रोतले बताएका समाचारहरु आईरहेका छन् ।