राजनीति

जनताले चाहेकोजस्तो सरकार बन्यो, एक्लै कसैले सरकार बनाउन सक्दैनः उपप्रधानमन्त्री लामिछाने

२१ पौस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले सरकारले न्यूतम साझा कार्यक्रम ल्याएर सरकार अगाडी बढ्ने बताएका छन् ।
मन्त्री लामिछानेले आजको मन्त्रीपरिषद बैठकबाट पत्रकारहरुसँग कुरा गर्दै भने सरकार जनताले चाहेजस्तो बनेको र जनताकै माग अनुसार अगाडी बढ्ने बताए ।
उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’
आजको मन्त्रीपरिसद बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको थियो ।

न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’