समाचार

गृहमन्त्री लामिछानेको मुद्धामा कडा सुरक्षाकाबीच सर्बोच्च अदालतले गर्दैछ फैसला

१३ माघ, काठमाडौं । उपप्रधान एबम् गृहमन्त्री रबि लामिछानेको नागरीकताको बिबादको बिषयमा परेको मुद्धामा सर्बोच्च अदालतले केही बेरमा मुद्धा सुनाउने तयारी गरेको छ ।
सर्बोच्चले निर्णय सुनाउने संकेत गरेपछि सर्बोच्च अदालत परिसरमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
गृहमन्त्री लामिछानेको मुद्धामा सर्बोच्चले के फैसला गर्छ त्यो केहीबेरमा जानकारी भएपनि अहिले सकैतिर के हुने हो भन्ने कौतुहलता आएको छ ।
रबि लामिछानेले मंसिर ४ गतेको निर्बाचनको कही महिना अगाडीमात्र राष्ट्रिय स्वतन्त्र पार्टी खोली निर्बाचनमा २० सीटमा बिजय हाँसिल गर्न सफल भएका थिए । उम्मेद्वार हुन नै नागरीकताका कारण नपुग्ने लगायतका जिकिर गर्दै अदालतमा मुद्धा परेको थियो ।