राजनीति

रविविरुद्धको जाहेरी दर्ता गर्न प्रहरीले मानेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । युवराज पौडेलले लामिछानेविरुद्ध जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै पौडेलले लामिछानेविरुद्ध जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर पुगेका थिए ।

प्रहरीका अनुसार अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो ।