राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापतिले दिए राजीनामा

चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएका छन् ।

‘पार्टी सभापति रवि लामिछालेलाई नै भेटेर राजीनामा दिने सोच बनाएको सापकोटाले समय नमिलेका कारण पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका हुन् । उनले रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई वेवास्ता गरेर हिँड्ने गरेको कुनै मूल्यमान्यता र सरसल्लाह र बैठकसमेत नभएको बताएका छन् ।

सापकोटाले अब स्वतन्त्र भएर आफ्नो पेशा व्यवसाय नै गरेर बस्ने अठोट लिएको समेत बताए ।