समाचार

१२ बजेदेखी लागू गर्नेगरी बढ्यो पेट्रोलीयम पदार्थको मूल्य

२३ माघ, काठमाडौं । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३–३ रुपैयाँका दरले बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।