समाचार

मोवाइल लुटपाट गर्नेलाई कारबाही गर्न गृह मत्रालयको निर्देशन

२ फागुन, काठमाडौं । गृह मन्त्रालयले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी सो घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

सोमबार यातायात मजदुरको आन्दोलनकारीको एक समूहले मोवाइल पसलबाट मोवाइल लुटपाट गरेका थिए ।