३ फागुन, काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि बिनु यादव पक्राउ परेकी छन् । घरेलु हिंसाबाट पीडित बनेकी यादवलाई प्रहरीले संघीय संसद् भवन अगाडिबाट पक्राउ परेको हो ।
यस्तै प्रहरीले जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गरीकी श्रीमती आरती रावल गिरी र कृतिका यादवलाई पनि पक्राउ गरेको छ । पीडित यादवले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको आरोप लगाएकी छन् ।





