७ फागुन, काठमाडौं । कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । गुरुङलाई सनिबार बसेको संचालक समितिको बैठकले बैंकको सीईओमा गुरुङ नियुक्त गरेको हो ।
यसअघि सिभिल बैंक र सिटिजन्स बैंक, म्यानमारको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर जिम्मेवारी निर्वाह गरिसकेका उनलाई समितिले आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको जनाएको छ ।





