अन्तर्राष्ट्रिय

जर्मन चान्सलर स्कोल्ज र भारतीय अधिकारीबीच ईयूसँग व्यापार सम्झौताका लागि छलफल हुने

१३ फागुन, एजेन्सी । जर्मन चान्सलर ओलाफ स्कोल्जले दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक र रक्षा सम्बन्धलाई प्रगाढ बनाउन र युक्रेनको विवादका बावजुद युरोपेली संघ (ईयू) व्यापार सम्झौतामा प्रगति हासिल गर्न शनिबार भारत भ्रमण गरेका छन् ।

“हामी भारतसँगको द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तनलाई कम गर्ने र हाम्रो अर्थतन्त्रलाई दिगो तरिकाले रूपान्तरण गर्ने जस्ता विश्वव्यापी मुद्दाहरूमा हाम्रो सहयोगलाई अझ मजबुत बनाउन चाहन्छौं,” स्कोल्जले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भने ।

उनले भने, “नवीकरणीय ऊर्जा, हाइड्रोजन, मोबिलिटी, फार्मा, डिजिटल इकोनोमी र अन्य धेरै क्षेत्रहरूमा तीव्र सहयोगको लागि ठूलो सम्भावना छ ।”

सिमेन्स जस्ता ठूला जर्मन कम्पनीका अधिकारीहरूको साथमा स्कोल्जले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । अधिकारीहरूका अनुसार स्कोल्जले युरोपेली सङ्घ र भारतबीच व्यापार सम्झौताको दिशामा प्रगतिका लागि दबाब दिनेछन् । यो लामो समयदेखि कर र युरोपमा भारतीय कामदारहरूको पहुँचमा असहमतिका कारण रोकिएको छ ।

बर्लिनस्थित एक जर्मन अधिकारीले दुई देशबीच केही दूरी कायम रहेको र भ्रमणले यसलाई सकारात्मक दिशा दिनेछ । अधिकारीहरूले यस वर्षको अन्त्यसम्ममा सम्झौतालाई पूरा गर्न चाहन्छन् भने केहीले सम्झौता अर्को वर्षको ग्रीष्मऋतु सम्म पनि सकिनेमा चुनौती रहेको बताएका नाम नबताउने शर्तमा ती अधिकारीले उल्लेख गरे ।