१७ फागुन, एजेन्सी । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किदा १६ जनाको मृत्यु भएको छ । ८५ जना घाइते भएको छ । घाइते मध्य २५ जनाको अबस्था चिन्ताजनक रहेको समाचार एजेन्सी एपीएफले जनाएको छ । मंगलवार बेलुका लारीसा सहर नजीकै यात्रुवाहक रेल र मालबाहक रेल ठोक्किएका थिए ।
ठोक्किएको रेलमा तीन वटा डिब्बामा आगलागी समेत भएका थिए । आगो निभाउन १७ वटा दम्कल सहित अग्नी नियन्त्रक र स्वास्थ्यकर्मीहरु खटीएका थिए ।





