अन्तर्राष्ट्रिय

लैङ्गिक समानताका लागि आवश्यक वातावरण बनाउन आग्रह

१९ फागुन ,संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैङ्गिक समानताका लागि आवश्यक पहल गर्न र यसका लागि वातावरण निर्माण गर्न सबैसँग आग्रह गरेको छ ।

उनले विश्वमा महिला समानता कायम गर्न र यसका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो । विश्वमा नारी दिवसका अवसरमा दिनुभएको सन्देशमा उनले सो धारणा राखेको हो ।

महासचिव गुटरेसले यस वर्षको विश्व नारी दिवसको नारा लैङ्गिक समानताका लागि डिजीटल तथा प्राविधिक विकास भन्ने रहेकाले विश्वमा लैङ्गिक समानताका लागि प्रविधिमा विकास गर्न र यसमा सहयोग गर्न आग्रह गरेको हो ।

हरेक वर्ष ८ मार्चमा मनाइने विश्व नारी दिवस यस वर्ष लैङ्गिक समानताका लागि प्रविधिको विकास भन्ने नाराका साथ मनाउन लागिएको छ । उनले सो सन्देशमा विश्वका नारीहरुलाई पनि प्रविधिमा पहुँचका साथै प्रविधिको विकासका माध्यमबाट नारी समानताको वातावरण निर्माण गर्न सकिने बताएको हो ।

उनले विश्व नारी दिवसका अवसरमा दिएको सो सन्देशमा प्रविधिमा महिलाको पहुँच एवं उनीहरुले आर्जन गर्नसक्ने प्राविधिक ज्ञानले बालिकालाई शिक्षामा पहुँच प्रदान गर्नुका साथै विश्वमा लैङ्गिक समानता कायम गर्न सघाउ पुग्ने बताएको छ ।

महासचिव गुटरेसले विश्वमा विकसित विज्ञान प्रविधिमा पनि नारीहरुको पहुँचबाट उनीहरुमा प्राविधिक मात्र नभएर अन्य क्षेत्रको पनि ज्ञान प्राप्त हुने भएकाले उनीहरुलाई इन्टरनेटर र प्रविधिको विकासका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएको हो ।