अन्तर्राष्ट्रिय

कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

२३ फागुन, ऐजेन्सी । कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएको छ ।

अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेकोको छ ।

विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिनुभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गर्नुभएका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त भएको छ । उनले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गरेएको थियो ।

बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुनुहुन्छ । कतारी अमिरको उमेर पनि उहाँकै हाराहारीमा छ । गृहमन्त्री पनि उहाँहरूकै समकालीन हुनुहुन्छ ।

पचपन्न वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख हुनुहुन्थ्यो ।

वर्तमान अमिरका पिता शेख हमाद बिन खलिफा अल थानीले सन् २०१३ मा आफ्नो सुपुत्रका निम्ति राजगद्दी त्याग गर्नुभएको थियो । अठार वर्षअघि उहाँले रक्तपातरहीत ढङ्गले आफ्नै पितालाई सत्ताच्युत गर्नुभएको थियो ।