राजनीति

राष्ट्रपति पौडेलले गरे डा चालिसेलाई प्रमुख स्वकीय सचिवमा नियुक्ती, निजी सचिव बने अधिकारी

३० फागुन, काठमाडौं । नबनिर्बाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा सुरेश चालिसेलाई नियुक्र गरेका छन् ।
अमेरीका, बेलायतको राजदुत भईसकेका डा चालिसे सुशील कोईराला प्रधानमन्त्री भएका बेलामा समेत सल्लाहका बनेका थिए । राष्ट्रपति पौडेलले निजी सचिवमा उनीसँग काम गरिरहेका पुराना तनहुँकै चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । चालिसे कुटनीतिक रुपमासमेत दख्खल राख्ने ब्यक्ती हुन् भने अधिकारी तनहुँका इमान्दार ब्यक्तीको रुपमा चिनिन्छन् ।