४ चैत्र, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादीमिर पुटिन विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अभियोगमा अन्तराष्ट्रिय अदालतले (आईसीसी) ले राष्ट्रपति पुटिन विरुद्ध जारी गरेको हो ।
उनले युक्रेनबाट बालबालिकालाई गैरकानुनी रुपमा रुसमा पुर्याएको र युद्ध अपराधको लागि जिम्मेवार रहेको अदालतको आरोप छ ।
उनले उक्त अपराध २४ फेब्रुअरी २०२२ देखी गरेको जनाएकाे छ । त्यस बेलामा युक्रेनलाई आक्रमण सुरु गरेका थिए । मस्कोले भने बालबालीकामा भएकाे अपराधको आरोपलाई अस्वीकार गरेको छ ।
बिश्वको महाशक्ती राष्ट्रको रुपमा रहेको रुस र त्यसका शक्तीसाली राष्ट्रपति पुटिनमाथीको उक्त युद्ध अपराधमाथीको आरोपले बिश्व राजनीतिमा नै एक प्रकारको तरङ्ग ल्याएको छ ।
अमेरीका, बेलायत, चीन, रुस, फ्रान्स बिश्वका भि फाईभमा पर्ने मुलुकका प्रमुख पनि प्रश्नबाट बाहिर छैनन् भन्ने भने देखिएको छ ।