१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । सरकारमा सहभागी हुने तयारीका लागि बैठक यहि चैत १४ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ।
बैठकमा सरकारमा समसामयिक विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्रीमा टुङगो लगाएका नेताहरुलाई औपचारिकता दिने बताइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई पार्टीले बालाएको छ ।





