राजनीति

फोहर नउठाउने मेयर बालेन र स्थानीय तहको कुरा नसुन्ने सिंहदरबार दुबै सच्चिनुपर्छः बरिष्ठ नेता डा कोईराला

३० चैत, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले फोहोर नउठाउनु अराजकता भएको बताएका छन् । फोहर नउठाउने मेयर बालेन र स्थानीय तहको कुरा नसुन्ने सिंहदरबार दुबै सच्चिनुपर्ने डा कोईरालाले बताएका छन् ।
डा कोईरालाले अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ भन्ने उनको तर्क छ ।
डा कोईरालाले मेयर शाह र सिंहदरबार दुबै सच्चिनु पर्छभनेका छन् ।

उनको ट्वीटः
कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ। अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुबै सच्चिनु पर्छ।