अन्तर्राष्ट्रिय

सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

२० बैशाख, एजेन्सी । सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन्

दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल ¥यापिड सपोर्टं फोर्सेस ९एसएएफ०प्रमुखले भोलि वैशाख २१ देखि २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएका हुन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएका छन् ।

दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसनिम्ति वार्ता अपरिहार्य भएको बताए। उनले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नाका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिएका छन् । शीघ्र वार्ताका निम्ति प्रतिनिधिका नाम पठाउन पनि उनले आग्रह गरेका छन् ।

व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च ९आइजिएडी०का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजिएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजिएडीले युद्धविरामको पहल गरेको हो ।