२२ बैसाख, काठमाडौं । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको रास्वपाको बैठकले सरकारबाट फिर्ता लिने निर्णय गरेको हो ।
सभापति लामिछानेले रास्वपालाई उपनिर्बाचनमा सरकार बाहिर बस्न जनताले दिएको निर्देशनअनुसार रास्वपा सरकारबाट बाहिर निस्किएको बताएका छन् ।
काँग्रेस–माओबादी गठबन्धनमा उपप्रधान तथा गृहमन्त्री बन्ने कुरामा प्रधानमन्त्रीसंग छलफलमा रहेका सभापति लामिछानेले पछिल्लोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री बनाउने संकेतबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको बुझिन्छ ।
रबि लामिछानेको पार्टी अहिले संसदमा प्रतिनिधित्व गर्ने चौथो ठूलो दल हो ।





