२७ बैसाख, काठमाडौं। सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव दिनेश भट्टराईलाई गृहमन्त्रालय सरुवा गरेको छ ।
सुनसरीको बराहक्षेत्रका स्थायी बासिन्दा रहेका सचिव भट्टराईलाई झण्डै एक बर्षदेखी प्रधानमत्री कार्यालयमा राखिएको थियो ।
उद्योग सचिव रहेका भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा राखिएपछि अन्य कुनैपनि महत्वपूर्ण जिम्मेवारी दिईएको थिएन । गृहसचिव बिनोद सिंहलाई प्रधानमनत्री तथा मन्त्रीपरिषद कार्यालय सरुवा गरिएको छ । सचिव भट्टराई प्रशासनमा दख्खल भएका कडा मिजासमा कर्मचारी मानिन्छन् ।
भूटानी शरणार्थीको काण्डले पुर्वगृहमन्त्ती बालकृष्ण खाँणसमेत पक्राउ परेका बेला सरकारले सचिवमा हेरफेर गरेको अवस्था छ ।





