८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका साँसद प्रदीप पौडेलले इन्टरनेटको रकम बढाउने कार्य गलत भएको बताएका छन् ।
उनले आजको साँसद बैठकमा बोल्दै इन्टरनेट सेवा प्रदायकहरुले आफूखुशी इन्टरनेटको रकम बृद्धी गर्नु राम्रो नभएको नेता पौडेलले बताए ।
उनले भनेका छन्, ‘इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिस्पर्धा गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ, आम सेवाग्राहीलाई मार पर्ने गरी सेवाग्राहीको मल्टिपल छनोटको अधिकारलाई समेत बेवास्ता गरेर बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाइँदैन ।’
‘त्यसमा भनिएको यस्तो छ, ‘तोकिएको भन्दा बढी सयम नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधाबापत सेवा प्रदायकबाट क्षतिपूर्ति मागदाबी गरेमा सम्बन्धित सेवा प्रदायकले ग्राहकलाई दूरसञ्चार सेवा शुल्क बापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ, फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको हकमा तोकिएको भन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकलाई परेको असुविधाबापत ग्राहकलाई क्षतिपूर्तिस्वरूप मनासिब महसुलमा दामासाहीले मिनाहा गर्ने वा सोहीबमोजिम सेवाको अवधि निःशुल्क थप गरी ग्राहकलाई जानकारीसमेत गराउनुपर्नेछ।’





