१४ जेठ, काठमाडौँ । रेसम चौधरीलाई आम माफी दिन आज सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस अघिको सरकारले पटक पटक राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि तत्कालीन राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन । पछिल्लो पटक पनि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतले सजाय सुनाएका रेसम चौधरीलाई आम माफी दिने फाइल गृह मन्त्रालय फिर्ता पठाएका थिए ।
गृह मन्त्रालयलाई कानुन बमोजिम गर्नु भनेर फायल पठाए पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष रमेश चौधरीलाई आम माझी दिन पुनः सरकारले सिफारिस गरेको छ । राष्ट्रपति पौडेलले जेठ १५ गते गणतन्त्र दिवसको दिन आम माफी दिने राजनीतिक वृत्तमा चर्चा चले पनि राष्ट्रपति पौडेलले पुनः सर्वोच्च अदालतले फैसला गरेको गम्भीर प्रकृतिको मुद्दालाई आम माफी दिने सम्भावना नरहेको अनुमान लगाउन सकिन्छ ।





