११ असार, काठमाडौं । काठमाडौं जिल्ला न्यायधधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएक छन् । उनले आफूलाई प्रधान न्यायधीश नियुक्तीमा असन्तुष्टी भएको भन्दै नैतिक रुपमा राजीनामा दिएका छन् ।
उनले न्यायधीश र प्रधानन्यायधीश नियुक्ती गर्दा राजनीतिक पार्टीका मानिसहरु नियुक्ती भएकोमा उनको तीब्र असन्तुष्टी छ । उनले भनेका छन्, ‘न्यायाधीश नियुक्तिको प्रक्रिया र बाहिरबाट नियुक्तिहरू, अत्यन्तै धेरै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्का आफन्तहरू बाहिरबाट नियुक्ति गर्ने काम हुन्छ । तर हामी जुन करियरबाट आएका छौँ, उहाँहरु सबैको भविष्य अन्धकार भयो । राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि सबै न्यायाधीशको भविष्य डामाडोल भयो ।’
संसदीय समितिमा प्रधानन्यायधीश हरिकृष्ण कार्कीको योग्यताको बिषयमा निबेदन हालेपनि हरिकृष्ण कार्की नै प्रधानन्यायधीश बनेपछि आफू पदमा बसिरहन नैतिकताको प्रश्न उठ्ने भन्दै राजीनामा दिएका छन् ।





