समाचार

तरुण दलको तदर्थ समितिमा चार सय थप

१४ असार, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन् ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेका पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए। यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।