काठमाडौं, २० असार। सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव पक्राउ परेकी छन् । प्रहरीले उपमेयर यादवलाई कीर्ते कागजात प्रयोग गरी नागरिकता लिएको आरोपमा पक्राउ गरेको हो ।
यादव र उनको श्रीमान भारतीय नागरिक रहेको र नक्कली कागजात प्रयोग गरी नेपाली नागरिकता लिएको आरोपमा उजुरी परेको थियो । उक्त उजुरीमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले पक्राउ गर्न आदेश जारी गरेको थियो ।
उपमेयर यादवका श्रीमान महेन्द्र यादव फरार छन् ।





