२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरणमा भइरहेको अनुसन्धान सरकारको पोलिटिकल स्टन्ट मात्र भएको बताएका छन् ।
शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएको बताए ।
उनले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट बाहेक केही नगर्ने भन्दै भने, ‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो । आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो । अरु केही गर्दैन यो सरकारले ।’
‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे । कसैको छोराले जमिन किन्यो, धनिपूर्जा हेर्यो’ उनले भने, ‘अड्डामा गएर पास गर्यो । उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’





