राजनीति

सरकारको तागत नै झुट बोल्नु : अध्यक्ष ओली

२६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको तागत नै झुट बोल्नु भएको आरोप लगाएका छन् । पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए । त्यस्तै, उनले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै असन्तुष्टि जनाए ।

‘अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ’, उनले अघि भने ।