समाचार

एमाले नेता तथा पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

१ साउन, बुटवल । नेकपा एमालेका नेता विजयबहादुर यादव पक्राउ परेका छन् । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत भएका यादव बैंकिङ कसुरमा पक्राउ परेका हुन्।

१० माघमा उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि यादवमाथि मुद्दा दर्ता भइ पक्राउ पुर्जि जारी भएको थियो ।

उनलाई प्रहरीले आइतबार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता एवं डीएसपी श्यामू अर्यालले बताए ।

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा जसपाबाट उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए । जसपाले उनलाई पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएकाले कार्बाही गरे पश्चात एमाले पार्टीमा प्रवेश गरेका थिए ।