समाचार

९ प्रहरीले पाए विशेष बढुवा पुरस्कार

१ साउन, काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी अधिकारी विशेष बढुवा भएका छन् । आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् ।

कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका छन् । त्यस्तै, अर्जुन सेठ्ठी र बामदेव घिमिरेलाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा गरेका छन् ।

त्यस्तै, प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।