समाचार

उडान डिले भएको घटनामा कम्पनीले माफी माग्दै छानबिन समिति गठन गर्र्‍यो 

२ साउन, काठमाडौँ। मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन समिति गठन भएको छ ।

क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानमा निगमको आरए ४२२ उडान भर्नु अगाडी एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो । कम्पनीले उडान ढिला भएको प्रति यात्रुसँग माफी मागेका छन् ।

घट्नामा कस्तो प्राविधिक कारणले समस्या आएको र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ ।