२ साउन, काठमाडौं । मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन गरे पनि उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।
मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको समितिका प्रवक्ता नीर्ग नवीनले बताए ।





