समाचार

राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. यादव नियुक्त

२ साउन, काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अमरप्रसाद यादव (फुलबरिया–४ सिरहा) लाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री एवं राजर्षिजनक विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिफारिस समितिको सिफारिसमा आज उनलाई नियुक्त गरेका हुन् । सिफारिस भएका तीन जनामध्येबाट प्रा. डा. यादवलाई नियुक्त गरिएको हो ।

उपकुलपतिको लागि प्रा. डा. महानन्द चालिसे (रत्ननगर–९ चितवन) र प्रा. डा. क्षितिज उपाध्याय ढुङ्गेल (जनकपुरधाम, धनुषा) को नाम समेत सिफारिस भएको थियो । ‘राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि, २०७९’ बमोजिमको प्रक्रिया पूरा गरी सो सिफारिस समितिको निर्णयअनुसार राजर्षिजनक विश्वविद्यालय ऐनबमोजिम तीन जनाको नाम सिफारिस गरिएको थियो ।