३ साउन, काठमाडौँ । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई तत्कालका लागि जोखिमपूर्ण सूची (ग्रे लिष्ट)मा राख्ने सम्भावना हटेको छ ।
नेपालले संरचनागत सुधारको प्रतिबद्धतापछि नेपाल अवैध धनको संरक्षण र ओसारपसार गर्ने मुलुकहरुको सूचीमा पर्ने जोखिम हटेको हो ।
क्यानडाको भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारणसभामा नेपाली टोलीले कानूनी र संरचनागत सुधारको प्रतिवद्धता जनाएपछि एफएटीएफले म्याद थपेको हो ।





