श्रावण ३, काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता शेयर छयालीस लाख बहत्तर हजार नौ सय चौवन्न रुपैयाँ र पैसा पचास बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाटेडको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ र चुक्ता पूँजी रु. ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रहेको छ ।





