आर्थिक

त्रिभुवन विमानस्थलबाट ५० किलोभन्दा बढी सुन बरामद

३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागका अनुसार अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन ।

विभागका अधिकारीहरुका अनुसार ५० किलोभन्दा बढी रहेको छ । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।