४ साउन, काठमाडौँ । साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी महासङ्घका अनुसार आज प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधवार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलामा पाँच सय वृद्धि भई नयाँ रेकड कायम भएको हो।
आज प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि १८ जेठमा सुन प्रति तोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । भने बुधवार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।





