१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।
उनले अघि भने, “उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपर्थ्यो , समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपर्थ्यो । होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।”





