आर्थिक

ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता सहितको ‘सुपर स्मार्ट सेभिङ्ग्स’ सार्वजनिक

१० साउन, काठमाडौं । ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ ।

न्युनतम मौज्दात मात्र रु.१५ मा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।

ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ “सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको हो ।

यस खाताले ग्राहकवर्गलाई बचत संगै क्ष्एइ हरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्नेछ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउनेछन् ।