१६ साउन, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढाएको हो ।
यो संगै उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ ।





